लघुवित्तको समस्या समाधान गर्न डेपुटी गभर्नरको नेतृत्वमा बन्यो ७ सदस्यीय कार्यदल

लघुवित्तको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले  शुक्रबार साँझ लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् । यस्तै कार्यदलमा लघुवित्त विरोधी संघर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन् ।

कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्र बैंकले तोक्ने मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =