विवेकशील साझा पार्टीका अध्यक्ष र महासचिवसहित ९ जना पक्राउ
२०८० चैत २ गते

विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत छन्।
उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
२०८० चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








