कांग्रेसको संसद अवरोध गलत छ, सच्याओस् : प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले काँग्रेसले संसद अवरोध गर्नेकुरा गलत भएको बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिना आधार उपप्रधान एवं गृहमन्त्रीको राजीनामा मागेर बखेडा झिक्ने काम गरेको बताए ।

उनले काँग्रेससँग गृहमन्त्रीविरुद्ध परेका उजुरीको केही आधार र प्रमाण छ ? भन्दै प्रश्न गरे । उनले प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्नेकुरा गलत भएकाले काँग्रेसले पनि सच्याउनुपर्ने बताए ।

उनले भने ‘प्रमुख प्रतिपक्ष दलले बेकारमा बखेडा झिकेको छ । गृहमन्त्री रवि लामिछानेमाथि कहाँ उजुरी परेको छ, कसले छानबिन गरिरहेको छ भन्ने केही आधार र प्रमाण त छ ? अनावश्यक रुपमा संसद अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षको यो काम राम्रो होइन, यो सच्याउनुपर्छ । कुनैपनि प्रतिपक्षले गल्ती दोहोर्याउनु हुँदैन । अहिलेको प्रमुख प्रतिपक्षको संसद अवरोध गलत काम हो, यो सच्याउनुपर्छ । संसद खुलाउनुपर्छ ।’

उनले काँग्रेसले संसद अवरोधको काम बन्द गरेर सदन सुचारु गर्न पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =