मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार
२०८० चैत २ गते

काठमाडौं । रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ ।
शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेशकुमार साहमाथि शुक्रबार गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
गोली चलाउने समूहका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
२०८० चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








