सुन तस्करीमा पूर्वआइजीपी धिरज प्रताप सिंहको पनि संलग्नता
२०८० चैत २ गते

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वआइजीपी धिरज प्रताप सिंहको संलग्नता पुष्टि भएको छ ।
सुन तस्करी छानबिन गर्न गठित आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सिंहलाई कारबाही गर्न सिफारिस गरिएको हो ।
सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका थिए ।
तर, प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले सिंहलाई अनुसन्धानको दायरामा ल्याएको थिएन ।
२०७९ वैशाख १८ मा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक बनेका सिंह र दावाबीच एक डेढ वर्ष अघिदेखि सम्बाद हुने गरेको बताइएको छ ।
२०८० चैत २ गते
प्रतिक्रिया








