कांग्रेसले संसद्‌मा माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेकाले राजीनामा माग गरेका हुन् ।

नैतिकताको आधारमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने उनले बताए । ‘आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ सांसद पौडेलले भने, ‘सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =