नेकपा माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक
२०८० चैत २ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।
बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल-पहाड-तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुने छ ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका केही समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि माओवादीले फागुन २८ गतेलाई बोलाएको स्थायी समिति बैठक स्थगित गरेको थियो ।
२०८० चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








