सुर्खेतमा अध्ययनरत अछामका युवक ३ दिनदेखि सम्पर्कविहीन
२०८० चैत २ गते

काठमाडौं । अछामका एक युवक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासेनका १८ वर्षीय मनोज खनाल सम्पर्कविहीन भएका हुन् ।
उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि उनी परिवारको सम्पर्कमा नरहेको उनका आफन्त प्रकाश न्यौपानेले जानकारी दिए ।
उनले मनोजलाई देख्ने/भेट्नेहरूले नजिकैको प्रहरी चौकी वा ९८४९८१४६२३ र ९७४९८६३२०६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरे ।
२०८० चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








