स्वर्णिमलाई नागिनाको जवाफ– प्रधानमन्त्री बनाउँदैनौं, भागीभागी नहिँड्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेलाई भागीभागी नहिँड्न आग्रह गरेकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि समक्ष युवा भएको बताइन् ।

‘के कांग्रेसमा त्यस्ता विद्धान र युवा साथी छैनन् ? कांग्रेसले उहाँलाई खोजी खोजी प्रधानमन्त्री बनाउँछ ?,’ उनले भनिन्, ‘भागीभागी नहिँड्नुुस्, । कांग्रेसमा त्यस्तै टन्ने युवा छन् ।’

उनले कांग्रेसका युवा सांसदबारे जानकारी नभएर संसद् सचिवालयले निकालेको पुस्तकमा योग्यता हेर्नु भन्दै कटाक्ष गरिन् ।

यादवले कांग्रेसले नै वाग्लेलाई पद, संस्कार दिए पनि टिकटका लागि पार्टी छाडेको भन्दै आक्रोश पोखिन् ।

‘कांग्रेसले उहाँलाई बनाइदिएको हो । ठूला ठूला पद, संस्कार र शिक्षा दिएर बनाइसकेपछि उहाँ बुरुक्क उफ्रेर भाग्नुभयो,’ उनले भनिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा वाग्लेले प्रधानमन्त्री देलान् भनेर भागीभागी हिँड्नुपर्ने अवस्था आएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =