योगेश भट्टराईको दाबी– यो संसद रहुन्जेलसम्म सरकार कायम रहन्छ (भिडिओ)
२०८० फागुन ३० गते

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म सरकार कायम रहने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले वर्तमान संसद रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार कायम रहने बताए ।
उनले अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको बताए ।
उनले अर्को कुनै सरकार बनाउने कोशिस नहुने पनि बताए ।
सरकार निर्माणको निर्णायक शक्ति एमाले भएको उल्लेख गर्दै उनले सरकारलाई आगामी चार वर्षसम्म अगाडी बढाउने दायित्व एमालेकै भएको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चर्चा गरेर वर्तमान सत्ता समिकरणलाई अविश्वासतिर नधकेल्ने पनि बताए ।
उनले एमालेले प्रधानमन्त्री पदलाई नपर्खिएको बताए ।
२०८० फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








