प्रचण्डले तेस्रो पटक पनि पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् ।

आज मंगलबार बसेको संसद बैठकबाट प्रचण्डले प्रतिनिधि सभाका १५७ सांसदको विश्वासको मत पाएका हुन् । उनको विपक्षमा ११० मत पर्‍यो भने १ जना तटस्थ बसे ।

आजको संसद बैठकमा २६८ सांसद सहभागी थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रश्तावको पक्षमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरु थिए ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत लिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए ।

उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =