विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पौँ : चन्द्रकान्त राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए । उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको बताए । उनले अहिलेको संसदको गन्थनमन्थनबाट जनताले केही पाउन नसकेको बताए ।

उनले भने ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ । कहिले यता, कहिले उता हाल्नुपरेको छ । विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पौँ । र जनताले नै प्रत्यक्ष रुपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ । अहिले बनेको गठबन्धनमा सैद्धान्तिक धरातल नै छ भनेर भन्न सकिँदैन । किनभने एउटा दलले भनेर जानुभयो, उहाँ नवउदारवादमा विश्वास गर्नुहुन्छ । जनताले यसबाट के पायो ।’

अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेसीहरूलाई राज्यले हत्या गर्दा नबोलेकोप्रति आपत्ति जनाए । उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहरामा विभत्स हत्या गर्ने व्यक्तिहरूसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरूलाई कारबाही गर्ने ताकत रास्वपाले राख्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =