नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।

बुधवारको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताइन् । उनले राजनीतिक दलहरूले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताइन् ।

उनले भनिन् ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ । आन्दोलनको जगमा उभिएर ती प्रश्नहरूको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ । राजनीतिक दलहरूले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ ।’

अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरू बिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =