च्याप्प समातेर प्रधानमन्त्री बनाइदिन्छ भनेर भागिभागि हिँड्नु पर्‍या छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको बताए ।

उनले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वभाविक भएपनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए ।

उनले भने–‘यो फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीहरुले चासो राख्न सक्नुहुन्छ, तर यो सन्तुलनलाई हाम कसरी अघि बढाउने भन्नेकुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छोडिदिनुहोला । राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ ।’

उनले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए ।

‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ । उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पनि हामी पुग्न चाहन्छाँै । सुशासन र युवाकेन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ’ उनले भने ‘गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ । प्रधानमन्त्रीज्युलाई सहज बनाइदिन्छाँै ।’

उनले नेपाली काँग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे ।

उनले काँग्रेसले रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए ।

उनले काँग्रेसलक्षित गर्दै उहाँले च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् की भन्ने डरले हिँडिरहनुपरेको बताए ।

‘यहाँ डर छ भागिभागि हिँड्नुपरेको छ । च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिएर हिँड्नुपरेको छ’ उनले भने ‘काँग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । काँग्रेसले गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली र नक्कली काँग्रेस खोजेर हिँड्ने कुरा भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =