उपाधि जित्न नेपालले पायो १७२ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पिएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले तीन /तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

पिएनजीका ओपनर टोनी उराले ६१ रन बनाए । उनले ३७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

‍अलेइ नाओले नटआउट ३० रन जोड्दा हिला भरेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरिहिरीले १५ रनको योगदान गरे ।

अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =