संसदबाटै ओलीले भने– शेरबहादुरजी बसौं, कुरा गरौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संवादका लागि आग्रह गरेका छन् ।

संसदमा प्रधानन्त्री प्रचण्डलाई विश्वासको मत माग्दै उनले देउवालाई छलफल गर्न आग्रह गरेका हुन् ।

‘शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री । म अहिले सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हो । म भन्न चाहन्छु शेरबहादुरजीलाई, बसौं । कुरा गरौं ।’

ओलीले प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने नहुने पनि बताए ।

‘आउनुस् कुरा गरौं, छलफल गरौं । समस्याहरू मिलेर समस्या समाधान गरौं । देश समस्याग्रस्त छ । भ्रष्टाचार रोक्नुपर्दछ,’ ओलीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =