कांग्रेसलाई लक्षित गर्दै प्रचण्डले भने– ‘मैले कहिले शोक गीत गाउँदै हिँडिन’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको बताएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफ्नो आलोचना गर्नेहरूप्रति लक्षित गर्दै आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको बताए । उनले आफूले विगतमा पनि देश संकटमा रहँदा प्रतिपक्ष नभई सरकारकै सहयोगमा लागेको स्मरण गरे ।

उनले भने ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरूलाई सोध्न चाहन्छु, मैले कहिले शोक गीत त गाउँदै हिँडिन । मैले कहिल्यै त्यस्तो आरोप लगाइन । म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशमा भूकम्प गयो, ठूलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ । मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ ।’

प्रधानमन्त्री दाहालले आफूले अहिले पनि राष्ट्रिय सहमतिको आधार तयार पार्ने काम गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =