प्रचण्डलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको ह्वीप

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =