पार्टीविरुद्ध भ्रम फैलाउने राप्रपाका तीन नेता बर्खास्त
२०८० फागुन २९ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ ।
सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएको भन्दै पार्टीले उनीहरूलाई निलम्बन गरेको हो ।
निलम्बनमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्यहरू सिन्धुपाल्चोकका भीमसेन खनाल, दाङका हंसराज केसी र बर्दियाको ठाकुरबाबा नपाका पूर्व अध्यक्ष गोरख बहादुर बम रहेका छन् ।
अनुशासन समितिको सिफारिसमा उनीहरूलाई पार्टी सदस्यबाट निलम्बन गरिएको राप्रपाले जनाएको छ ।
२०८० फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








