लेबनानमा इजरायली हमलाद्वारा ३ हिजबुल्लाह लडाकुको मृत्यु

एजेन्सी । लेबनानको दक्षिणी गाउँ खिरबेट सेल्ममा रहेको एउटा घरलाई लक्षित गरी इजरायली हवाई हमलामा तीन हिजबुल्लाह सदस्यको मृत्यु भएको लेबनानी सैन्य स्रोतले बताएको छ ।

सिभिल डिफेन्सका सदस्यहरू बुलडोजर, क्रेन र एम्बुलेन्ससहित घटनास्थलमा पुगेका थिए । तीन शवहरूलाई दक्षिणी लेबनानको केन्द्रीय क्षेत्रको टेब्निन सरकारी अस्पतालमा लगिएको छ ।

इजरायलले दक्षिणी लेबनानको तीन क्षेत्रमा पाँचवटा आक्रमण गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =