युवराज शर्मालाई अध्यक्ष बनाउन कांग्रेस र लोसपाको समर्थन

काठमाडौँ । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले वर्तमान राज्य व्यवस्था कसैलाई सत्तामा ल्याउनका लागि मात्रै बनाइएको व्यवस्था नभएको बताएका छन् ।

मङ्गलवारको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रस्तुत गरेको युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले वर्तमान संविधान र व्यवस्था कुनै एउटा व्यक्तिलाई पदमा आसीन गराउनका लागि नल्याइएको बताए ।

उनले मुलुकको सामाजिक, आर्थिक परिवर्तन गर्न र मुलुकको सुशासन कायम गर्न ल्याइएको व्यवस्था भएको बताए ।

सांसद ढुंगानाले प्रस्तुत गरेको युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले देशमा स्थिरता दिनुपर्ने बताए ।

उनले संसद प्रतिपक्षको हो भन्ने मान्यता अनुरूप प्रतिपक्षका उम्मेदवार शर्मालाई राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित गराउनुपर्ने बताए । उनले गठबन्धन फेरिरहँदा स्थिरता नभएको भन्दै गठबन्धनलाई स्थायित्व दिनुपर्ने बताए ।

उनले देशमा गठबन्धनको सूचक राम्रो नभएको भन्दै यसले आगामी दिनमा नराम्रो स्थिति ल्याउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =