ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्न सांसद चौधरीको आग्रह

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरूसँग आग्रह गरेका छन् ।

सोमवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्ब नगर्न आग्रह गरेका हुन् ।

उनले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरूसँग छलफल गरे । सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनु पर्नेमा जोड दिए ।

उनले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको काम ढिलासुस्ती गर्न नगर्न निर्माण क्षेत्रलाई आग्रह गरे । उनले जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरू तत्काल समयमा नै सम्पन्न भएको बताए ।

उनले ठूला विकासका जनप्रतिनिधिहरूको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भुमिका रहेको बताए । उनले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको बताए ।

उनले स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताए । उनले के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी रहेको बताए । उनले जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको भन्दै अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताए ।

उनले भने ‘नारायणघाट बुटवल सडक आयोजनाको दुई वटै साइट निर्माणका प्रतिनिधिहरू र आयोजना व्यवस्थापन टिम, एडिबीको प्रतिनिधि र सचिवहरू सहित सकारात्मक छलफल अगाडि बढायौँ । यसैको महत्वपूर्ण कडी बर्तघाट बजार क्षेत्रको काम करिब एक महिनाभित्र नै सम्पन्न गछौं भन्ने कुरा थियो । हुलाकी राजमार्ग लगायतका विषमा थप छलफल गरौँला । हामी जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरू तत्काल समयमा नै सम्पन्न हुन । यी परियोजना सम्पन्न गर्नका लागि दोहोरो भूमिका पनि छ । सरकारको तर्फबाट गर्नुपर्ने सहजिकरण हामीले गरिरहेका छौं ।’

‘गर्दै पनि छौं । निर्माण सामग्री सहज रुपमा उपलब्धता गराउनको लागि स्थानीय सरकारसँग समन्वय गरी नियम पालना गर्दै सहज बनाउने काममा लाग्यौँ । धेरै अप्ठ्यारो परिस्थितिको सामना गरौं । समाधान पनि भयो र अन्त्यमा समस्या नभएको कुरा आयो । भुक्तानीका समस्या सरकार ठेकेदार कम्पनीबीचका कुरा हुन हामीलाई निर्माण प्रगति चाहिन्छ । जनताकोबीचमा यी कुराहरू जानेवाला छन् । निर्माणको क्रममा रहेका विकास आयोजनाहरू यो मितिमा सम्पन्न हुनेछन् भन्ने प्रतिबद्धता जनाउनु पर्ने छ । भएको काम सन्तोषजनक छैन ।’

उनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ– बुटवल सडक खण्डको काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए । उनले विगत सात वर्षदेखि काम थालिएको हुलाकी सडकको काम पनि वर्षौंदेखि धीमा गतिमा भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =