कर्णाली पुलमा आगलागी, ट्रक जल्यो
२०८० फागुन २८ गते

काठमाडौं । चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ ।
आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लठ्ठामा समेत क्षति पुगेको छ ।
सोमबार दिउँसो वीरगंजबाट महेन्द्रनगर जाँदै गरेको ना पा ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएको थियो ।
ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्की–चुहा नगरपालिकाको दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगो लाग्नुको कारण भने खुलेको छैन ।
२०८० फागुन २८ गते
प्रतिक्रिया








