कमाईको ११ प्रतिशत बुबाआमालाई दिनैपर्ने नीति ल्याउछु : भगवती चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताएकी छन् ।

सोमवार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पगेकी मन्त्री चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताएकी हुन् ।

उनले आफ्नो मन्त्रालय मानव जीवनसँग सम्बन्धित संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको हितका निम्ति नीतिगत परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताइन् ।

उनले सातै प्रदेशमा वृद्धहरुका लागि वृद्धाश्रम खोल्ने र छोराछोरीले आफ्नो कमाईको ११ प्रतिशत बुबाआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा रहेको बताइन् । उनले महिला हिंसाका घटनाहरु हेर्नका लागि सबै स्थानीय तह र जिल्लामा छुट्टै महिला विभाग गठन गर्ने बारेमा आफु परामर्शमा रहेको पनि बताइन् ।

उनले भनिन् ‘कामको सुरुवात गर्दा नीतिगत परिमार्जनमा मेरो पहिलो कार्यभार अथवा जिम्मेवारी रहनेछ । त्यतातिर ध्यान दिनेछु । मानव संवेदनशील मन्त्रालय भएको हुनाले त्यसको लागि काम कसरी गर्ने ? सातै प्रदेशमा वृद्धहरुको लागि वृद्धाश्रम खोल्ने । आफ्नो छोराछोरीले आफ्नो कमाईको ११ प्रतिशत भाग बुबाआमालाई गर्नुपर्ने भन्ने नीति ल्याउने योजना गरेको छु । दिनानुदिन महिला हिंसाको घटना, चेलिबेटी बलात्कार भएको घटना दिनानुदिन देख्छौँ । बालविवाह, छोरीचेली बाहिर लगिदिने घटना पनि भएकाले जघन्य अपराध गर्नेलाई कडा सजाय नीतिमै ल्याइदियो भने अलिकति डर हुन्छ । महिलाको नीतिमा परिमार्जन गर्ने । अनुगमन गर्ने । ७५३ वटै स्थानीय तहमा महिलाको विभाग छुट्टै हुनुपर्छ । जसले वस्तुगत अनुगमन गरोस् । महिला हिंसाको घटना हेर्नका लागि । महिला विकास विभागहरु जिल्लामा अगाडी बढाउनुपर्छ भन्ने सोचेको छु ।’

मन्त्री चौधरीले वर्तमान सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *