प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप
२०८० फागुन २८ गते

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वपी जारी गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेका हुन् ।
कांग्रेसले आफ्ना सांसदहरूलाई फागुन ३० को संसद बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।
कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् ।

२०८० फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








