राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
२०८० फागुन २६ गते

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ ।
शनिवार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकमा उक्त निर्णय गरिएको हो ।
नेता अर्जुन नरसिंह केसीका अनुसार कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने भएको छ ।
कांग्रेसले उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने बताएको छ ।
२०८० फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








