थपिए दुई हजार ६७४ जना सहिद, राजपत्रमा आयो नाम (सूचीसहित)
२०८० फागुन २५ गते

काठमाडौं । नेपालमा दुई हजार ६७४ जना सहिद थपिएका छन् ।
सरकारले नेपालको राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका आन्दोलनमा ज्यान गुमाएका दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।
गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद थप्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार सरकारले विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउनेहरूलाई सम्मान स्वरूप राजपत्रमा नाम प्रकाशित गरेको हो ।
यससंगै नेपालमा सहिदको संख्या ११ हजार १४१ पुगेको छ ।
२०८० फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








