भबिलालको भरमा दुबई जाँदै थिए विमानस्थलबाटै फर्काइएकी तीन महिला
२०८० फागुन २५ गते

फाइल तस्बिर
काठमाडौं । दुबई जान लागेका ३ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
नेपाल प्रहरीले शङ्कास्पद लागेपछि भिजिट भिसामा दुबई जान लागेका ती महिलाहरूलाई फर्काइदिएको हो ।
प्रहरीले दुबई पठाउने एजेन्ट भबिलाल थापालाई भने पक्राउ गरेको छ ।
चितवन, अर्घाखाँची र तेहथुमका महिलाहरू हिजो राती हिमालयन एयरलाइन्सबाट दुबई जाने तयारीमा थिइन् ।
एजेन्टले राम्रो कमाई हुने र आफूले सहजै काम लगाइदिने भनेर दुबई लैजान लागेका प्रहरी स्रोतले जानकारी दिएको छ ।
२०८० फागुन २५ गते
प्रतिक्रिया








