सुदूरपश्चिममा राप्रपाले गर्‍यो मन्त्रीको प्रस्ताव अस्वीकार

काठमाडौं । अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार विस्तारको काममा अवरोध देखिएको छ । राप्रपाकी प्रदेश सभा सदस्यले सरकारमा नजाने जनाएपछि उनको सरकार विस्तारको काम रोकिएको हो ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले सरकार जोगाउन राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई मन्त्री प्रस्ताव गरेका थिए । तर राप्रपाले तत्काल सरकारमा नजाने बताएपछि सरकारमा बहुमत पुर्याउने मुख्यमन्त्री शाहको प्रयास तत्कालका लागि विफल भएको छ ।

राप्रपाले केन्द्रको आन्दोलन मात्र नभएर बजेट ल्याएका बेला गरेको प्रतिबद्धता पूरा नगरेर मुख्यमन्त्री शाहले धोका दिएका कारण पनि शाह नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने जवाफ समेत फर्काएको थियो । तर मुख्यमन्त्री शाहले गल्ती भएको भन्दै रोजेर मन्त्रालय लिन प्रस्ताव गरेको जनाइएको छ ।

त्यो बेला प्रमुख प्रतिपक्षी दल एमालेको विरोधकाबीच मुख्यमन्त्री शाहले राप्रपाकी सांसदलाई लेखा समितिको सभापति दिने आश्वासन दिएर प्रदेशसभा बैठकमा सहभागी गराउँदै बजेट पारित गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल एमालेले लेखा समिति पाएपछि राप्रपाकी विष्ट सरकारसँग रुष्ट बनेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *