सत्तामा फर्किएको एमालेले बोलायो सचिवालय बैठक
२०८० फागुन २४ गते

लामो समयपछि सत्तामा फर्किएको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बोलाइएको हो।
गौतमका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागिता र गठबन्धनबारे छलफल गर्न बैठक बोलाइएको हो।
सोमबार मात्रै नेपाली कांग्रेससँगको गठबन्धन भत्किएर नयाँ समीकरण बनेको छ।
नयाँ गठबन्धनमा एमाले प्रमुख घटकको रूपमा छ।
२०८० फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








