एक वर्षमा धेरै काम गरेको छु, परिणाम निस्किने बेला भइसकेको छ : सुदन किराँती

काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफूमाथि कुनैपनि दाग नलागेको बताएका हुन् । उनले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताए । उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताए ।

उनले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताए । प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरूको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनले बताए ।

उनले भने ‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीहरूको आवश्यकता छ । यो जटिलतामा संकट मोचनका निम्ति, डुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीहरूको जरुरी छ । प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दापनि अनुभवी हुनुहुन्छ नि उहाँहरू । मन्त्रालयबाट निस्किदाँखेरी मैले एकदमै खुसीसाथ म निस्किन पाएँ । किनकि म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ । म विवादित छैन । विवादित बनाइएको हो ।’

पूर्वमन्त्री किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *