राष्ट्रिय सभा वृद्धहरूको सभा भन्ने भाष्यलाई कामद्वारा गलत साबित गर्नुपर्छ : देवेन्द्र दाहाल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले राष्ट्रिय सभालाई वृद्धहरूको सभा भन्ने भाष्यलाई कानुन निर्माण र कामले गलत साबित गर्नुपर्ने बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यस पटकको सभामा केही नाम चलेका सदस्यहरू पनि आएको भन्दै सभाको गरिमा झनै थपिएको अनुभूति आफूलाई भएको बताए ।

उनले राष्ट्रिय सभा विधायकी अभ्यासमा चेक एण्ड ब्यालेन्सको लागि पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने थलो भएको बताए । उनले प्रतिनिधि सभाबाट आएका विधेयकहरू कानुन निर्माणको सन्दर्भमा आएका विधेयकहरू छलफल गर्ने सन्दर्भमा केही समस्याहरू भए भने राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए ।

उनले भने ‘यस पटक यो सभामा मैले चिनेका, नाम सुनेका, चलेका मान्यज्युहरु पनि आउनुभएको छ । त्यसैले गर्दा यसबाट यो सभाको गरिमा माथि उठेको छ भन्ने लागेको छ । यो सभालाई पटक पटक बुढापाकाहरू थन्क्याउने सभा भयो भन्ने चर्चा पनि चलेको छ । त्यसलाई यो सभामा खेलेको भूमिकाबाट त्यो कुरालाई हामीले खण्डित गर्न सक्नुपर्छ । यो सभा विधायकी अभ्यासमा चेक एण्ड ब्यालेन्सको लागि पनि महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । प्रतिनिधि सभाबाट आएका विधेयकहरू कानुन निर्माणको सन्दर्भमा आएका विधेयकहरू छलफल गर्ने सन्दर्भमा केही समस्याहरू भए भने यसले सच्याउनेछ ।’

उनले पार्टी भन्दा माथि उठेर पनि राष्ट्रिय सभा सदस्यहरूले आफ्ना भुमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =