रेशम चौधरी नाउपाको अध्यक्ष बन्न अयोग्य,रञ्जीता नै अध्यक्ष
२०८० फागुन २४ गते

काठमाडौं । रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको आयोगले ठहर गरेको छ ।
निर्वाचन आयोगले चौधरीलाई अध्यक्ष बन्न अयोग्य रहेको ठहर गरेको स्रोतले जानकारी दियो । आयोगको यो निर्णयपछि रञ्जिता श्रेष्ठ नै पार्टी अध्यक्षमा निरन्तर रहनेछन् ।
बिहीबार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो ।
महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाइएको थियो ।
आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई स्वीकार गरेन भने श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई निरन्तरता दिएको छ ।
२०८० फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








