संसद्अघि कांग्रेस संसदीय दलको बैठक
२०८० फागुन २४ गते

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक संघीय संसद्को लोत्से हलमा बिहान साढे ८ बजेपछि बस्ने गरी बोलाइएको हो ।
पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय भएका छन् । उनी नयाँ गठबन्धनलाई रोक्न अझै पनि लागिपरेका छन् । उनकै पहलमा साना राजनीतिक दलहरूले अहिलेको गठबन्धन सरकारमा सामेल भएका छैनन् ।
आजको बैठकले थप रणनीति तय गर्ने कांग्रेस नेताहरूले बताएका छन् । संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् ।
२०८० फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








