एमालेबाट पदम गिरी कानुनमन्त्री, उद्योगमा दामोदर भण्डारी

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको मन्त्रालयको टुंगो लागेको छ ।

एमालेसहितको नयाँ गठबन्धन सरकारमा एमालेले ८ मन्त्री पठाएको छ । जसको नेतृत्व पार्टी सचिव रघुवीर महासेठले गरेका छन् । महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवादी दिइएको छ ।

यसअघि विना विभागिय मन्त्रीको सपथ खाएका पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

हरि उप्रेतीलाई रक्षा मन्त्रालय, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्ने एमाले स्रोतले जानकारी दिएको छ ।

त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =