मधेशवादी दलसंग देउवाले गरे छलफल, अर्को गठबन्धनको तयारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को गठबन्धन बनाउने कसरत थालेका छन् ।

विपक्षी गठबन्धनका लागि देउवाले साना दलहरूसँग संवाद अगाडि बढाएका छन् ।

जस अनुसार देउवाले आफ्नै निवास बुढानीलकण्ठमा आज साना तथा मधेशवादी दलहरूसँग छलफल गरे ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग छलफल गरेको कांग्रेसका एक नेताले जनाकारी दिए ।

कांग्रेसले नयाँ गठबन्धनका लागि राप्रपालाई समेत फकाउने प्रयास गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =