केन्द्र सरकारमा जाँदैनौं, सुदूरपश्चिमको मुख्यमन्त्री छोड्दैनौं : रेशम चौधरी
२०८० फागुन २३ गते

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।
पत्रकार सम्मेलनको आयोजना गर्दै उनले वर्तमान नयाँ गठबन्धन सरकारमा सहभागी नहुने जानकारी दिए ।
उनले केन्द्रीयसमितिको बैठकले आफूहरू अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको बताए ।
यद्धपी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा भने आफ्नो दाबी रहेको उनले स्पष्ट पारे ।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








