नवनियुक्त मन्त्रीको शपथ आजै साँझ ५ बजे
२०८० फागुन २३ गते

काठमाडौँ । सत्ता समीकरण परिवर्तन भएसंगै मन्त्रीपरिषद् पुनर्गठन भएको छ ।
कांग्रेससंगको गठबन्धन टुटाएर एमालेसहितको नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् ।
पुराना सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्तको तयारी भएको छ । नवनियुक्त मन्त्रीको शपथ आजै साँझ ५ बजे हुने भएको छ ।
मन्त्रीहरूको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई जानकारी गराएका छन् ।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








