यी हुन् एमालेबाट मन्त्री बन्न लागेका ९ अनुहार

काठमाडौं । नेकपा एमालेले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

एमालेले रघुवीर महासेठको नेतृत्वमा अन्य मन्त्रीहरुलाई पठाउने भएको हो ।

नयाँ गठबन्धन सरकारमा महासेठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएको छन ।

यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्य विभाजन भएको छ ।

गिरीले यसअघि नै शपथ लिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =