बालेनको रिट सवैधानिक इजलासमा पेशी
२०८० फागुन २३ गते

काठमाडौं । काठमाडौ महानगरपालिका मेयर बालेन शाहले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा पेशी तोकिएको छ ।
शाहले निर्वाचन खर्चको विषयमा आफूमाथि गरेको जरिवाना र कारवाहीको निर्णय बदर हुनुपर्ने रिटमा जिकीर गरिएको छ ।
समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिर्ता गराएका थिए ।
उक्त रिट सवैधानिक इजलासमा आज पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ । पेशी पहिलो नम्बरमा रहेको छ ।
आयोगको निर्णय पुर्वाग्रही रहेको र एकपटक पनि मौका नदिएकाले रोक्न अन्तरिम आदेशको माग बालेनले रिटमा गरेका छन् ।
२०८० फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








