कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संसद् बैठकअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक बिहीबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् ।

बैठकमा एजेण्डा अहिले नै तय भई नसकेको उनले बताइन् । साँझसम्म छलफलका विषयबस्तु तय हुने उनको भनाइ छ ।

तर, कांग्रेस प्रतिपक्षीमा गइसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताइन् ।

सोमबार एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेपछि कांग्रेस प्रतिपक्षीमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =