लगातार दोस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (बुधबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

मंगलबार हालसम्मकै उच्च मूल्य १ लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियो । आज ५ सयले बढेर प्रतितोला १ लाख २३ हजार ५ सय रूपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रूपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =