सरकारमा जाने/नजानेबारे निर्णय गर्दै नेकपा एस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए । प्रचण्डको प्रस्ताव, सरकारमा सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो ।
गुण र दोषको आधारमा सरकारको समर्थन वा विरोध गरिने पार्टी सचिव जीवनराम श्रेष्ठले बताए । ‘हामी वेट एन्ड सी मै छौँ । घटनाक्रम हेर्दै छौँ गुण र दोषको आधारमा समर्थन वा विरोध गर्छौं,’ उनले भने, ‘आज सचिवालय बैठक बस्छ । सरकारमा जाने/नजानेबारे निर्णय हुन्छ ।’
मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितको बैठकमा एकीकृत समाजवादी सरकारमा जान सकारात्मक रहेको जनाएको थियो । यसबारे समाजवादीको आजको बैठकले निर्णय गर्नेछ ।








