‘यो गठबन्धन लामो समय जाँदैन, कुनैपनि बेला भत्किन सक्छ’

काठमाडौँ । नागरिक समाजका अगुवा श्याम श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन कुनैपनि बेलामा भत्किन सक्ने बताएका छन् ।

नागरिक समाजका अगुवा श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन लामो समय नजाने बताएका हुन् ।

उनले विचार र मुद्दाहरूमा गतिलो छलफल नगरी सत्ताको लागि मात्रै गठबन्धन गरिकाले कुनैपनि बेलामा भत्किने बताएका हुन् ।

गठबन्धन बनाउँदा विचार, सिद्धान्त र रणनीतिमा कुनै छलफल नभएको उनले बताए ।

उनले केवल सत्ताको बाँडफाँटमा केन्द्रित रहेर गठबन्धन गरिएको भन्दै मन्त्रालयको भागबण्डा नमिल्नासाथ गठबन्धनमा झगडा शुरु हुने बताए ।

उनले वर्तमान गठबन्धन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) को बाध्यता र आवश्यकताको उपज भएको उल्लेख गरे ।

श्रेष्ठले विचार र सिद्धान्त नमिलिकन गठबन्धन त नटिक्ने भन्दै एमाले–माओवादी केन्द्र बीचको एकता टाढाको कुरा भएको टिप्पणी गरे ।

उनले एमाले–माओवादी केन्द्रको एकता नहुने दाबी गरे । उनले विगतमा एमाले–माओवादीले वृहत छलफल बिना एकता गर्दा पार्टी फुटेको उदाहरण दिँदै अहिले पनि उनीहरूले पुरानै गल्ती दाहो¥याएका बताए ।

अगुवा श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक गठबन्धन फेर्नु ठिक नभएको बताए ।

उनले प्रधानमन्त्री दाहालले पहिले सहकार्य त्यागेको एमालेसँग अहिले गठबन्धन गर्दा गलत सन्देश गएको पनि बताए । गठबन्धन गर्नु गलत नहुने भन्दै उनले विचार, सिद्धान्त र रणनीति मिल्नेसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए ।

गठबन्धन किन र के काम गर्नलाई गर्ने हो भन्ने कुरामा सम्बन्धित दलहरू प्रष्ट हुनुपर्ने उनको भनाई छ ।

उनले प्रधानमन्त्री दाहालको कामलाई कांग्रेसका मन्त्रीहरूले सहयोग नगर्नु, राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई हराउनु र संक्रमणकालिन न्यायलाई टुंग्याउन कांग्रेसले ढिलासुस्ती गर्नु लगायतका कारणहरू नै विगतको गठबन्धन टुट्नुको प्रमुख कारणको रूपमा देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =