महतले सहमति कार्यान्वयन गरेनन्, नयाँ सरकारबाट आस छ : रोशन दाहाल

काठमाडौँ । सार्वजनिक खरिद नियमावली १३ औँ संशोधनलाई नेपाल निर्माण व्यवसायी महासंघले आंशिक स्वागत गरेको बताएको छ ।

सरकारले सोमवार प्रकाशित गरेको १३ औँ संशोधनले सबै माग पूरा नगरेकोले पूर्ण समर्थन गर्न नसकिने बताएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले साउनमा आन्दोलन गरेपछि सरकारसँग भएको सहमतिको ८ महिनापछि एउटा मात्रै म्याद थपको मागका रूपमा सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन भएको बताए ।

सरकारले निर्माण व्यवसायीहरूसँग गत साउनमा गरेका सबै मागहरू पूरा भएपछि मात्रै महासंघले सरकारको कामलाई पूर्ण स्वागत गर्ने बताए ।

नयाँ सरकारले निर्माण व्यवसायीमैत्री नीति बनाउन आवश्यक रहेको बताए । उनले सार्वजनिक खरिद अनुगमन कार्यालय र निर्माण व्यवसायीहरू बसेर छलफल गरी योजनाको काम सकिने अवधिको अनुमान गरेपछि मात्रै म्याद थप हुनेकुरा स्वागतयोग्य रहेको बताए ।

गत साल जेठमा काम सकिएर पेश गरेका बिलहरूको भुक्तानी लिनलाई पनि अहिले म्याद थप नगरी पाउने अवस्था नभएको बताए ।

उनले म्याद थप गरेको कार्यलाई महासंघले स्वागत गर्ने भन्दा पनि भुक्तानीको प्रक्रिया कसरी अघि बढ्छ ? भन्नेमा चासो रहेको बताए । उनले म्याद थप भएर मात्रै नपुग्ने भन्दै निर्माण व्यवसायीहरूसँग भएका अन्य ८ वटा बुँदाहरू पनि सरकारले कार्यान्वयनमा लैजानुपर्ने बताए ।

संशोधित नियमावलीअनुसार समयमा काम सम्पन्न नभएका तथा काम चालु अवस्थामा रहेका देशभरका आयोजनाहरूको म्याद थप हुनेछ ।

संशोधित नियमावलीमा आयोजनाको निर्माण गरिरहेको निर्माण व्यवसायीले माग गरेअनुसार नै समय थप हुनेछ । साथै के कारणले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको हो ? कारण खुलाएर म्याद थप माग्नुपर्नेछ ।

थप आर्थिक दाबी नगर्ने प्रतिवद्धतासहित म्याद थपको समय माग गर्न सकिनेछ भने नियम जारी भएको मितिले ३० दिनभित्र निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =