लेबनानले गरेको मिसाइल आक्रमणमा भारतीय नागरिकको मृत्यु

एजेन्सी । उत्तरी इजरायलमा सोमवार लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको एन्टी–ट्याङ्क मिसाइल आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

साथै अन्य सात जना घाइते भएको इजरायली स्रोतले बताएको छ । क्षेप्यास्त्रले मार्गालियट समुदायको बगैँचामा प्रहार गरी आठ भारतीय कामदारलाई मारेको थियो ।

इजरायलको मेगेन डेभिड एडोमको उद्धार सेवाले एक विज्ञप्तिमा दुई जना गम्भीर घाइते भएको र अन्यलाई मध्यमदेखि हल्का चोट लागेको बताएको छ ।

उनीहरूलाई वायुसेनाको हेलिकप्टरबाट अस्पताल लगिएको थियो । इजरायली सेनाका प्रवक्ताका अनुसार इजरायली सेनाले मिसाइल आक्रमणको स्रोततर्फ ट्याङ्क र तोपखाना प्रहार गरेर जवाफ दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =