एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल चयन

काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई मुख्य सचेतक बनाएको छ ।

सचेतक रहेका उनलाई मुख्य सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ ।

सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । मुख्य सचेतक यसअघि पदम गिरी थिए ।

उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई मुख्य सचेतक बनाइएको हो ।

उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =