पद गुमेसंगै कानुनमन्त्रीले छाडे मन्त्री क्वाटर
२०८० फागुन २१ गते

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारी निवास छाडेका छन् ।
मन्त्री पदबाट जिम्मेवारी भएपछि उनले ललितपुरस्थित हरिहर भवनमा रहेको मन्त्रीहरूको सरकारी निवास छाडेका हुन् ।
सोमबार दिउसो ४ बजे सरकारी निवास छाडेर पुरनै डेरामा फर्किएको उनले जानकारी दिए ।
उनले भनेका छन्,’आजबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु । मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले आजै ४ः३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु ।’
नयाँ सत्ता समीकरण भएसँगै यसअघिका मन्त्रीहरू बिदा भएका छन् भने नवनियुक्त तीन मन्त्रीको शपथ पनि भएको छ । नयाँ सत्ता गठबन्धन भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ ।
२०८० फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








