नवनियुक्त मन्त्रीहरूको शपथमा गएनन् देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको शपथ ग्रहण बहिष्कार गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणमा सभापति देउवा अनुपस्थित भएका हुन् ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवाले शपथ ग्रहणमा जानुपर्ने भएपनि उनी अनुपस्थित देखिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि देउवा रुष्ट छन् ।

सोमबार बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले शीतल निवासमा शपथ लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =