रणनीति तय गर्न राप्रपाले पनि बोलायो बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही फागुन २६ गते शनिबार बस्ने भएको छ ।

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति तय गर्न शनिबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

यस्तै बैठकमा पार्टीले घोषणा गरेको आन्दोलनको आवश्यक तयारीका बारे पनि छलफल हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =